बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम
जलसरोकार
काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार नेपालमा आधारभूत सेवाको पहुँच उल्लेखनीय रूपमा बढे पनि खानेपानीको गुणस्तर र सरसफाइमा अझै चुनौती देखिएको छ ।
प्रतिवेदन अनुसार ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा विद्युत् पहुँच सबैभन्दा बढी ९९.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सुविधा उपलब्ध छ ।
टेलिफोन सेवातर्फ ९५.५ प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ९७.१ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा यो दर सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ । साथै, प्रत्येक पाँचमध्ये चार घरपरिवार (८२ प्रतिशत) ले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।
खानेपानीतर्फ हेर्दा ९८.२ प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरिरहेका छन् । तर, ६०.४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको तथ्यले पानीको गुणस्तर अझै गम्भीर चुनौती बनेको देखिन्छ ।
सरसफाइमा भने सुधार देखिएको छ । ९२.४ प्रतिशत घरपरिवारले सुधारिएको चर्पी प्रयोग गरिरहेका छन् भने ८६.४ प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध रहेको छ ।
स्वास्थ्य सुरक्षाको दृष्टिले भने स्वास्थ्य बिमामा आबद्ध हुने दर न्यून रहेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुष मात्र स्वास्थ्य बिमामा आबद्ध रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य