जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी
जलसरोकार
काठमाडौं— नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ।
विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ। आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन। रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी