त्यसैगरी बागमती प्रादेशिक कार्यालय, काठमाडौंअन्तर्गत एक हजार ५ सय ४८ ग्राहकका लाइन काटिएका छन् । बागमतीमा३ करोड १० लाख २२ हजार बक्यौता रहेकोमा एक हजार २ सय ६९ ग्राहकले २ करोड ६५ लाख रुपैयाँ तिरेर लाइन जोडेको प्राधिकरणले जनाएको छ ।
बागमती प्रदेशकै डिभिजन कार्यालय हेटौंडाअन्तर्गत ७ सय ५ ग्राहकका लाइन काटिएका छन् । यो डिभिजनअन्तर्गत २ करोड ५९ लाख रुपैयाँ बक्यौता छ । यसअनुसार ४ सय ६७ ग्राहकले १ करोड १४ लाख ७७ हजार रुपैयाँ बक्यौता तिरेर लाइन जोडेका छन् ।
गण्डकी प्रादेशिक कार्यालय, पोखरामा पनि एक हजार २ सय ४८ ग्राहकको लाइन विच्छेद गरिएको छ । गण्डकीमा १ करोड ७१ लाख २६ हजार बक्यौता बाँकी छ । विच्छेद गरिएकामध्ये एक हजार ५४ ग्राहकले पैसा तिरेर लाइन जोडेका छन् । गण्डकीमा १ करोड ११ लाख १८ हजार रुपैयाँ बक्यौता उठेको छैन ।
सबैभन्दा धेरै बक्यौता लुम्बिनी प्रदेशमा छ । लुम्बिनमा ३८ करोड ८३ लाख ४५ हजार रुपैयाँ बक्यौता छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत बुटबलतर्फ २ हजार २ सय ४० ग्राहकको लाइन काटेको छ । यसअन्तर्गत ३ करोड ७६ लाख १५ हजार रुपैयाँ तिरेर २ हजार एक सय ५१ ग्राहकले पुनः लाइन जोडेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जमा एक हजार ६ सय ३३ ग्राहकको लाइन काटिएको छ । यो डिभिजनमा १ करोड ३१ लाख ६६ हजार रुपैयाँ बक्यौता छ । प्राधिकरणले एक हजार २ सय ३६ ग्राहकको लाइन पुनः जोडिदिएको छ । उनीहरुबाट १ करोड १३ लाख रुपैयाँ बक्यौता उठेको छ ।
कर्णाली प्रादेशिक कार्यालय., सुर्खेतमा पनि १ हजार १ सय १२ ग्राहकको लाइन काटिएको छ । कर्णालीमा सबैभन्दा थोरै बक्यौता ५० लाख ५६ हजार रुपैयाँ छ । लाइन काटिएपछि ८ सय २१ ग्राहकले ५८ लाख ७५ हजार उठेको प्राधिकरणले जनाएको छ ।
सुदूर पश्चिम प्रादेशिक कार्यालय, अत्तरियामा पनि ८ सय ८८ ग्राहकको लाइन काटिएकोमा ५ सय ३ ग्राहकले ९८ लाख ८४ हजार रुपैयाँ तिरेर लाइन जोडेका छन् । सुदूर पश्चिममा २ करोड ५३ लाख ९५ हजार बक्यौता छ ।
‘चिनियाँ साझेदार’ ऊर्जा मन्त्री खड्काले भारतीय विद्युत् मन्त्री खट्टरसँग कसरी बात मार्लान् ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा