अध्ययनमा मात्रै १४ अर्ब रुपैयाँभन्दा बढी विदेशियो
जलसरोकार
काठमाडौं: देशमै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाहरू भए पनि विद्यार्थी विदेशिने क्रम घट्नुको साटो बढ्दो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै अध्ययन प्रयोजनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।
गत वर्षको सोही अवधिमा यो खर्च रु १४ अर्ब ९६ करोड थियो । यस वर्ष केही कमी आए पनि रकमको परिमाण अझै उच्च देखिन्छ ।
शिक्षा बाहेक सेवातर्फ पनि ठूलो परिमाणमा रकम बाहिरिएको छ । चालु आवको पहिलो महिनामा भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यो खर्च रु २२ अर्ब ३२ करोड थियो ।
सेवा खातामा भने घाटा देखिएको छ । समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो घाटा रु १५ अर्ब छ करोड थियो ।
तर, सकारात्मक पक्षमा भ्रमण आय बढेको छ । समीक्षा अवधिमा विदेशी पर्यटकबाट प्राप्त आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यो आय रु चार अर्ब ७७ करोड मात्र थियो ।
विशेषज्ञहरूले शिक्षा प्रयोजनका लागि विदेशिने उच्च खर्चले देशभित्रै शैक्षिक गुणस्तर सुधार्नुपर्ने आवश्यकता झनै बढाएको टिप्पणी गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य