कुलेखानीको स्वीचयार्डमा बाँदर मर्यो, हितेन्द्रदेव शाक्यलाई अशुभको संकेत
जलसरोकार
काठमाडौं : कुलेखानी प्रथम जलविद्युत्को स्वीचयार्डमा आज दिउँसो एक बजेर ५८ मिनेट जाँदा कालो मुख र सेतो शरीर भएको लंगुर बाँदर छिरी करेन्ट लागेर मर्दा नेपाल विद्युत् प्राधिकरणको सिष्टम कोल्याप्स (देशभरका विद्युत् गृह एकसाथ बन्द) भएको छ । दस मिनेट सिष्टम कोल्याप्स हुँदा प्राधिकरणलाई एक करोड रुपैयाँ नोक्सानी भएको छ ।
कुलेखानी प्रथमका समाचार स्रोतका अनुसार दिउँसो उक्त बाँदर एकाएक स्वीचयार्डमा प्रवेश गरी नांगा तार समात्न पुगेको थिए । तत्काल उक्त बाँदरको मृत्यु भई भुइँमा झरेको थियो । तर ६६ केभी प्रसारण लाइनबाट करिब १० मेगावाट मात्र विद्युत् प्रवाह भइरहेको बेला १३२ केभीको लाइनलाई ‘ट्रिप’ गर्दा प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियरहरु छक्क परेका थिए ।
‘सिष्टमलाई सन्तुलन गर्न हामीले कुलेखानी नाम मात्र (करिब १० मेगावाट) चलाइरहेका थियौ.,’ कुलेखानी प्रथम स्रोतले जलसरोकारलाई बताए, ‘पछि बुझ्दा यसले त सिष्टमै कोल्याप्स गरेछ ।’
त्यही बेला भारतमा बिजुली निकासी भइरहेको थियो, तर बाँदर तारमा फसी मरेकाले भारतमा बिजुली जान नपाएको प्राधिकरणको प्रणाली सञ्चालन विभागका एक इन्जियनरले बताए । यसबापत प्राधिकरणलाई करिब १० मिनेटको अन्तरालमा एक करोड रुपैयाँ नोक्सानी हुन पुगेको उनले बताए ।
प्राधिकरणको प्रांगण (स्वीचयार्ड) मा करेन्ट लागी बाँदर मरेको घटनालाई वास्तुशास्त्रीहरुले अशुभ मानेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्