इप्पान निर्वाचनमा मोहन डाँगी अध्यक्ष, शंकर बस्याल कोषाध्यक्षमा निर्वाचित
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित भएका छन् ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था गरिएअनुसार मोहनकुमार डाँगी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट स्वतः अध्यक्षमा चयन भएका हुन् ।वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भए ।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनको सबैभन्दा प्रतिस्पर्धात्मक पद कोषाध्यक्षमा भने शंकर बस्याल विजयी भएका छन् । उनले २६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।
त्यसैगरी सदस्य खुलातर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको आगामी कार्यकाल सफल बनाउन सबै सदस्यहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
यसपटकको इप्पान निर्वाचनमा अधिकांश पदाधिकारी निर्विरोध चयन हुनु निजी ऊर्जा क्षेत्रभित्र सहमतिको अभ्यास बलियो बनेको संकेतका रूपमा समेत हेरिएको छ । तर कोषाध्यक्ष पदमा भने मतदान नै भएको थियो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्