बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा मन्त्रालयगत छलफल सुरु
जलसरोकार
काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयगत छलफल सुरु गरेको छ। यसअन्तर्गत पहिलो चरणमा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आज विशेष छलफल गरेको हो।
छलफलका क्रममा दलित समुदायको परम्परागत सीप, कला र पेशालाई जोगाउँदै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने "भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम" प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिइएको छ। कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, तालिम सञ्चालन र उत्पादित वस्तुको बजारसँग जोड्ने योजनाबारे गहिरो छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गरी प्रदूषण न्यूनीकरण गर्ने र स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिने प्रस्तावबारे समेत छलफल भएको छ।
छलफलमा नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने र झापा, मकवानपुरको मयुरधाप तथा चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पनि प्राथमिकतामा परेको जनाइएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
अर्थ मन्त्रालयले आगामी दिनमा अन्य मन्त्रालय तथा विभागहरूसँग पनि क्रमशः बजेट कार्यान्वयनबारे मन्त्रालयगत छलफल गर्दै जाने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा