बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा मन्त्रालयगत छलफल सुरु
जलसरोकार
काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयगत छलफल सुरु गरेको छ। यसअन्तर्गत पहिलो चरणमा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आज विशेष छलफल गरेको हो।
छलफलका क्रममा दलित समुदायको परम्परागत सीप, कला र पेशालाई जोगाउँदै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने "भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम" प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिइएको छ। कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, तालिम सञ्चालन र उत्पादित वस्तुको बजारसँग जोड्ने योजनाबारे गहिरो छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गरी प्रदूषण न्यूनीकरण गर्ने र स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिने प्रस्तावबारे समेत छलफल भएको छ।
छलफलमा नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने र झापा, मकवानपुरको मयुरधाप तथा चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पनि प्राथमिकतामा परेको जनाइएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
अर्थ मन्त्रालयले आगामी दिनमा अन्य मन्त्रालय तथा विभागहरूसँग पनि क्रमशः बजेट कार्यान्वयनबारे मन्त्रालयगत छलफल गर्दै जाने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ