अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना
जलसरोकार
काठमाडौं, कार्तिक २८ । विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले नयाँ फोकल युनिट स्थापना गरेको छ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत गठन गरिएको यो युनिटले विदेशी लगानीका प्रक्रियामा आवश्यक सहजीकरण, बैंकिङ तथा राजस्वसम्बन्धी समन्वय गर्नेछ। साथै, विदेशी लगानीसँग सम्बन्धित विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँगको समन्वय व्यवस्थापन पनि यसै युनिटमार्फत हुने मन्त्रालयले जनाएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि विदेशी लगानीकर्ताले एकीकृत समन्वय बिन्दु प्राप्त गर्ने र प्रक्रियागत सहजता बढ्ने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यो युनिटले आवश्यक व्यवस्थापन र सहयोग पु–याउनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा