अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना
जलसरोकार
काठमाडौं, कार्तिक २८ । विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले नयाँ फोकल युनिट स्थापना गरेको छ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत गठन गरिएको यो युनिटले विदेशी लगानीका प्रक्रियामा आवश्यक सहजीकरण, बैंकिङ तथा राजस्वसम्बन्धी समन्वय गर्नेछ। साथै, विदेशी लगानीसँग सम्बन्धित विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँगको समन्वय व्यवस्थापन पनि यसै युनिटमार्फत हुने मन्त्रालयले जनाएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि विदेशी लगानीकर्ताले एकीकृत समन्वय बिन्दु प्राप्त गर्ने र प्रक्रियागत सहजता बढ्ने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यो युनिटले आवश्यक व्यवस्थापन र सहयोग पु–याउनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य