सुदूरपश्चिम र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार बिहान ६ बजे जारी पूर्वानुमान अनुसार, दिउँसो सुदूरपश्चिम प्रदेश र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यस अवधिमा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र तराईका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागले जनाएको छ।
यस्तै, आज राति कोशी प्रदेश र देशका पहाडी भू-भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी र तराईका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागको भनाइ छ।
विभागका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ, जसका कारण नेपालमा मनसुन केही कमजोर हुने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै