सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु २ लाख ३९ हजार ७०० पुगेको छ । गत शुक्रबार प्रतितोला रु २ लाख ३९ हजारमा सुन कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर आज रु ३ हजार ५५ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस करिब चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र स्थानीय माग–आपूर्तिका कारण निकट भविष्यमा पनि सुनचाँदीको मूल्यमा हल्का उतार–चढाव जारी रहने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा