सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु २ लाख ३९ हजार ७०० पुगेको छ । गत शुक्रबार प्रतितोला रु २ लाख ३९ हजारमा सुन कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर आज रु ३ हजार ५५ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस करिब चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र स्थानीय माग–आपूर्तिका कारण निकट भविष्यमा पनि सुनचाँदीको मूल्यमा हल्का उतार–चढाव जारी रहने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य