सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँ रहेको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा