सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौँ,: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु १ लाख ९५ हजार २०० कायम भएको छ । यस्तै, प्रतितोला चाँदी रु २ हजार ३३० मा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला रु १ लाख ९४ हजार ८०० मा र चाँदी प्रतितोला रु २ हजार २९० मा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुनमा रु ४०० र चाँदीमा रु ४० को वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रति औँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा