ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन इप्पानबाट सहयोग
जलसरोकार
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि ऊर्जा मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौंसँग भएको सम्झौताअनुसार बिहीबार टेलिभिजन हस्तान्तरण गरिएको हो ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सह–सचिव रुद्रसिंह तामाङलाई इप्पानका उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले टेलिभिजन हस्तान्तरण गरेको इप्पान स्रोतले बताएको छ ।
टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले सहयोगका लागि इप्पानलाई धन्यवाद व्यक्त गर्दै मन्त्रालय र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
महासचिव खतिवडाले ऊर्जा मन्त्रालय निजी क्षेत्रका लगानीकर्ताहरूका लागि सहजीकरण गर्ने प्रमुख थलो भएकाले मन्त्रालयकै आग्रहअनुसार सहयोग गरिएको बताए ।
इप्पानका अनुसार हस्तान्तरण गरिएका टेलिभिजनहरू मन्त्रालयको बैठक कक्ष र अन्य कार्यालय कक्षहरूमा प्रयोग गरिनेछन् । जेनजी आन्दोलनका क्रममा टेलिभिजन क्षति भएपछि मन्त्रालयमा प्रस्तुतीकरण र बैठक सञ्चालनमा समस्या परेको थियो ।
इप्पान उपाध्यक्ष खत्रीले क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका क्रममा सहरी विकास मन्त्रालयसँग सहकार्य गरी गृह मन्त्रालयमा रंगरोहणको कार्य पनि अघि बढाइएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा