ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
जलसरोकार
काठमाडौं: सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन सुधार र संरचनात्मक सुदृढीकरणका लागि चारवटा नयाँ विधेयक निर्माण प्रक्रियालाई अघि बढाएको छ । पुराना ऐन–कानुनलाई परिमार्जन गर्दै नयाँ नीतिगत व्यवस्था ल्याउने लक्ष्यका साथ सरकार अघि बढेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेर कानुनी सुधारलाई प्राथमिकतामा राखेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जलस्रोत सम्बन्धी विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, विद्युत् विधेयक तथा सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयक निर्माणको काम अघि बढाइएको छ । यी विधेयकले ऊर्जा क्षेत्रको समग्र संरचना, लगानी वातावरण तथा व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र थप छलफलसहित अन्तिम रूप दिने चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
सरकारले ऊर्जा उत्पादन, वितरण र उपयोगलाई व्यवस्थित गर्दै जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रको विस्तारमार्फत देशको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै