हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनअन्तर्गत निर्माणाधीन संरचनाको निरीक्षण गर्दै काम समयमै सम्पन्न गर्न जोड दिएका छन् ।
मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षणका क्रममा निर्माणाधीन प्रसारणलाइनका दुई वटा ‘मल्टिसर्किट टावर’बारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार उनले देशको ऊर्जा मेरुदण्डका रूपमा रहेको प्रसारणलाइनको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
उनले निर्माणाधीन टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ। हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइन निर्माणको काम १२ वर्षअघि सुरु भए पनि विभिन्न कारणले बीचमा अवरुद्ध हुँदै आएको थियो।
प्रसारणलाइन निर्माणमा भएको लामो ढिलाइका कारण रोकिएको कामलाई गति दिँदै निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
-
आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत