स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह
जलसरोकार
मादी (संखुवासभा) : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले स्थानीय तहमा आएको बजेटको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
संखुवासभाको मादी नगरपालिकाले मंगलबार साँझ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सबै राजनीतिक दल, सरोकार भएकाहरू र जनतालाई साथमा लिएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए । “जनतालाई स्थानीय सरकार भएको आभाष गराउने गरी काम गर्नुपर्छ । सबै पार्टीसँग हातेमालो गरेर स्थानीयस्तरका समस्या समाधान गर्न र बजेटको सही कार्यान्वयन भएमा पक्कै पनि यहाँको विकास हुनेछ । यसतर्फ लाग्न यहाँहरू सबैलाई मेरो आग्रह छ”, उनले भने ।
मन्त्री खड्काले जनताको ईच्छा र आकाङ्क्षानुसार सबै तहका सरकारले काम गर्नुपर्ने उल्लेख गरे । “म यस क्षेत्रको जनप्रतिनिधि सङ्घीय सरकारको मन्त्री भएको छु, यसर्थमा पनि मादी र सिङ्गो संखुवासभाको विकासमा मेरो पनि दायित्व छन् । त्यसैले संखुवासभाबासीले थप लाभ पाउने गरी काम गरिरहेको छु ”, उनको भनाइ थियो । ऊर्जामन्त्री खड्काले यस वर्षभित्र संखुवासभाका सबै स्थानमा विद्युतीकरण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गरे ।
मादी नगरप्रमुख जीवन लिंथेपले निर्वाचनताका गरिएका बाचा पूरा गर्न स्थानीय सरकार लागिरहेको र यसमा केन्द्र सरकारले सहयोग गरे थप सहज हुने बताए । उनले विकास निर्माणको काममा नगरपालिकाले राजनीति नगर्नेसमेत जिकिर गरे
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्