स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह
जलसरोकार
मादी (संखुवासभा) : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले स्थानीय तहमा आएको बजेटको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
संखुवासभाको मादी नगरपालिकाले मंगलबार साँझ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सबै राजनीतिक दल, सरोकार भएकाहरू र जनतालाई साथमा लिएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए । “जनतालाई स्थानीय सरकार भएको आभाष गराउने गरी काम गर्नुपर्छ । सबै पार्टीसँग हातेमालो गरेर स्थानीयस्तरका समस्या समाधान गर्न र बजेटको सही कार्यान्वयन भएमा पक्कै पनि यहाँको विकास हुनेछ । यसतर्फ लाग्न यहाँहरू सबैलाई मेरो आग्रह छ”, उनले भने ।
मन्त्री खड्काले जनताको ईच्छा र आकाङ्क्षानुसार सबै तहका सरकारले काम गर्नुपर्ने उल्लेख गरे । “म यस क्षेत्रको जनप्रतिनिधि सङ्घीय सरकारको मन्त्री भएको छु, यसर्थमा पनि मादी र सिङ्गो संखुवासभाको विकासमा मेरो पनि दायित्व छन् । त्यसैले संखुवासभाबासीले थप लाभ पाउने गरी काम गरिरहेको छु ”, उनको भनाइ थियो । ऊर्जामन्त्री खड्काले यस वर्षभित्र संखुवासभाका सबै स्थानमा विद्युतीकरण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गरे ।
मादी नगरप्रमुख जीवन लिंथेपले निर्वाचनताका गरिएका बाचा पूरा गर्न स्थानीय सरकार लागिरहेको र यसमा केन्द्र सरकारले सहयोग गरे थप सहज हुने बताए । उनले विकास निर्माणको काममा नगरपालिकाले राजनीति नगर्नेसमेत जिकिर गरे
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मधेशका अधिकांश पुल निर्माण अलपत्र
-
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता