जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
जलसरोकार
जनकपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले शुक्रबार जनकपुरमा मधेश प्रदेशका विद्युत् तथा सिँचाइ सेवाको अवस्थाबारे जानकारी लिएका छन् ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण जनकपुर प्रादेशिक कार्यालयका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितको टोलीसँग छलफल गर्दै सेवामा जनताको आवश्यकता र अपेक्षा अनुसार सुधार गर्न निर्देशन दिए ।
उनले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशको तुलनामा बढी भएको उल्लेख गर्दै यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक कदम चाल्न निर्देशन दिए । साथै, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताए ।
मधेशका विभिन्न क्षेत्रमा बारम्बार हुने विद्युत् अवरोधबारे जनगुनासोको सम्बोधन गर्दै मन्त्री खड्काले २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप कर्मचारीलाई प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे ।
त्यस अवसरमा उहाँले मन्त्रालयले कार्यप्रणालीमा सुधार गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै, राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई दण्ड दिने व्यवस्था लागू हुने जानकारी दिए ।
“विद्युत् र सिँचाइ क्षेत्रमा आवश्यक सुधार गरेर जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं,” मन्त्री खड्काले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय ( सूचिसहित)
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने