आफैले हटाउन खोजेका सिलवाललाई मन्त्री खड्काले काखी च्यापे
जलसरोकार
काठमाडौं : विगत एक, डेढ महिनादेखि ऊर्जा मन्त्री दीपक खड्कासँग अस्वाभाविक गाढा सम्बन्ध बनाएका नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो सेवा निवृत्त हुनुभन्दा ११ दिनअघि बिदामा बसेका छन् ।
उनले हिजो आफू मातहतका प्रादेशिक कार्यालय प्रमुख, वितरण केन्द्र प्रमुखहरुलाई मोबाइल फोनमा म्यासेज पठाई आफ्नो सेवा अवधि माघ ११ गतेदेखि भए पनि आफू भोलि (माघ १ गते) देखि बिदामा बस्न लागेको जानकारी गराएका हुन् ।
प्राधिकरणमा सेवा निवृत्त हुने दिनसम्म काम गर्ने र कार्यालय समय सकिनुअघि बिदाई गर्ने र लिने चलन छ । तर सिलवालले समयअघि नै बिदा बस्नुलाई उनको ऊर्जा मन्त्री खड्कासँगको अस्वाभाविक गाढा सम्बन्धलाई जोडेर हेर्ने गरिएको छ ।
सिलवाल तिनै उपकार्यकारी निर्देशक हुन्, जो ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने कार्यमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई सहयोग गरेका कारण ऊर्जा मन्त्री खड्काले हटाउन चाहेका थिए ।
मन्त्री खड्काले सिलवाललाई वितरणा तथा ग्राहक सेवाबाट हटाउन कार्यकारी निर्देशक घिसिङलाई निर्देशन र दबाब दिएका थिए । तर घिसिङले सिलवाललाई नहटाईकन उनको रक्षक बनिरहे ।
तर विगत डेढ महिनादेखि सिलवाल ऊर्जा मन्त्रीको कार्यकक्षमा लुसुलु्सु जाने गरेको ऊर्जा मन्त्रालयका कर्मचारीहरु बताउँछन् । सिलवाललाई मन्त्रीको कार्यकक्षमा देखेका ऊर्जा सचिव सुरेश आचार्यले मन्त्रालयका कर्मचारीहरुसँग आश्चर्य मानेका थिए ।
उपकार्यकारी निर्देशक सिलवालले आफ्नो सेवा निवृत्त जीवनको योजना बनाउने, आफ्नो ठाउँमा आउने अधिकारीलाई वातावरण बनाउन बिदामा बसेको बताए ।
उनले मन्त्री खड्कासँग सामान्य सम्बन्ध मात्र रहेको र आज पनि आफ्नो लाइन कार्यकारी निर्देशक घिसिङकै रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै