आफैले हटाउन खोजेका सिलवाललाई मन्त्री खड्काले काखी च्यापे

काठमाडौं : विगत एक, डेढ महिनादेखि ऊर्जा मन्त्री दीपक खड्कासँग अस्वाभाविक गाढा सम्बन्ध बनाएका नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो सेवा निवृत्त हुनुभन्दा ११ दिनअघि बिदामा बसेका छन् ।
उनले हिजो आफू मातहतका प्रादेशिक कार्यालय प्रमुख, वितरण केन्द्र प्रमुखहरुलाई मोबाइल फोनमा म्यासेज पठाई आफ्नो सेवा अवधि माघ ११ गतेदेखि भए पनि आफू भोलि (माघ १ गते) देखि बिदामा बस्न लागेको जानकारी गराएका हुन् ।
प्राधिकरणमा सेवा निवृत्त हुने दिनसम्म काम गर्ने र कार्यालय समय सकिनुअघि बिदाई गर्ने र लिने चलन छ । तर सिलवालले समयअघि नै बिदा बस्नुलाई उनको ऊर्जा मन्त्री खड्कासँगको अस्वाभाविक गाढा सम्बन्धलाई जोडेर हेर्ने गरिएको छ ।
सिलवाल तिनै उपकार्यकारी निर्देशक हुन्, जो ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने कार्यमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई सहयोग गरेका कारण ऊर्जा मन्त्री खड्काले हटाउन चाहेका थिए ।
मन्त्री खड्काले सिलवाललाई वितरणा तथा ग्राहक सेवाबाट हटाउन कार्यकारी निर्देशक घिसिङलाई निर्देशन र दबाब दिएका थिए । तर घिसिङले सिलवाललाई नहटाईकन उनको रक्षक बनिरहे ।
तर विगत डेढ महिनादेखि सिलवाल ऊर्जा मन्त्रीको कार्यकक्षमा लुसुलु्सु जाने गरेको ऊर्जा मन्त्रालयका कर्मचारीहरु बताउँछन् । सिलवाललाई मन्त्रीको कार्यकक्षमा देखेका ऊर्जा सचिव सुरेश आचार्यले मन्त्रालयका कर्मचारीहरुसँग आश्चर्य मानेका थिए ।
उपकार्यकारी निर्देशक सिलवालले आफ्नो सेवा निवृत्त जीवनको योजना बनाउने, आफ्नो ठाउँमा आउने अधिकारीलाई वातावरण बनाउन बिदामा बसेको बताए ।
उनले मन्त्री खड्कासँग सामान्य सम्बन्ध मात्र रहेको र आज पनि आफ्नो लाइन कार्यकारी निर्देशक घिसिङकै रहेको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता