मन्त्री खड्काले तीन महिनामै सिंचाईं विभागका महानिर्देशक हटाए
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले तीन महिनामै सिंचाई विभागका महानिर्देशक फेरेका छन् ।
गत मंसिर १८ गते सहसचिव देवराज निरौलालाई विभागको महानिर्देशक बनाएर सञ्जीव बराललाई मन्त्रालयको ‘कोरिडोर’ मा थन्क्याएका थिए । आज उनै बराललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।
बराललाई अघिल्ला सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएका थिए । कांग्रेस–माओवादी गठबन्धन सरकार भएका बखत चूर्णबहादुर ओलीलाई सिंचाई विभागको महानिर्देशक बनाएको थियो । ओलीलाई हटाउर उनै बस्नेतले बराललाई जिम्मेवारी सुम्पेका थिए ।
बराललाई पनि हटाएर अहिलेको सिंचाई मन्त्री खड्काले निरौलालाई बनाएका थिए । अहिले तीन महिनाकै अवधिमा निरौलालाई हटाएर बराललाई ल्याएका हुन् । निरौलालाई भने जिम्मेवारीबिनाको मन्त्रालयको उही कोरिडोरमा तानिकएको छ ।
बरालले आजैबाट पदको जिम्मेवारी सम्हालिसकेका छन् भने निरौला विभागबाट बिदावारी भएका छन् ।
विभाग स्रोतका अनुसार निरौलाई हटाउनुको मुख्य कारण भने सिक्टा र रानी जमरा सिंचाई आयोजनाको ठेक्का हाे । यी दुई आयाेजना (राष्ट्रिय गौरव) काे यसपालि नयाँ ठेक्का लाग्दैछ ।
मन्त्रीको सरुवा आतंकले सिंचाईं विभागका कर्मचारीहरुको मनाेबल खस्किएको कर्मचारीहरु बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव