मन्त्री खड्काले तीन महिनामै सिंचाईं विभागका महानिर्देशक हटाए
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले तीन महिनामै सिंचाई विभागका महानिर्देशक फेरेका छन् ।
गत मंसिर १८ गते सहसचिव देवराज निरौलालाई विभागको महानिर्देशक बनाएर सञ्जीव बराललाई मन्त्रालयको ‘कोरिडोर’ मा थन्क्याएका थिए । आज उनै बराललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।
बराललाई अघिल्ला सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएका थिए । कांग्रेस–माओवादी गठबन्धन सरकार भएका बखत चूर्णबहादुर ओलीलाई सिंचाई विभागको महानिर्देशक बनाएको थियो । ओलीलाई हटाउर उनै बस्नेतले बराललाई जिम्मेवारी सुम्पेका थिए ।
बराललाई पनि हटाएर अहिलेको सिंचाई मन्त्री खड्काले निरौलालाई बनाएका थिए । अहिले तीन महिनाकै अवधिमा निरौलालाई हटाएर बराललाई ल्याएका हुन् । निरौलालाई भने जिम्मेवारीबिनाको मन्त्रालयको उही कोरिडोरमा तानिकएको छ ।
बरालले आजैबाट पदको जिम्मेवारी सम्हालिसकेका छन् भने निरौला विभागबाट बिदावारी भएका छन् ।
विभाग स्रोतका अनुसार निरौलाई हटाउनुको मुख्य कारण भने सिक्टा र रानी जमरा सिंचाई आयोजनाको ठेक्का हाे । यी दुई आयाेजना (राष्ट्रिय गौरव) काे यसपालि नयाँ ठेक्का लाग्दैछ ।
मन्त्रीको सरुवा आतंकले सिंचाईं विभागका कर्मचारीहरुको मनाेबल खस्किएको कर्मचारीहरु बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्