मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत लोरेन्जोले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा नेपालका ऊर्जा क्षेत्रमा युरोपेली सङ्घले उपलब्ध गराउँदै आएको सहयोग, रणनीतिक महत्वका जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा र दक्षता, साथै थप सहयोगका सम्भावनाबारे छलफल गरिएको थियो ।
मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठित सरकारको प्राथमिकता चुनाव, सुशासन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण भए पनि विकास आयोजनालाई अघि बढाउन नीतिगत तथा कानूनी सुधार, अन्तरमन्त्रालय समन्वय र विद्युत् बजार सुनिश्चितता मुख्य रहेको बताए ।
उनले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै आयोजनाको वित्तीय व्यवस्थापनका लागि रकम जुटाउन, साथै प्रसारण र वितरण प्रणाली सुधारका लागि थप सहयोग गर्न आग्रह गरे ।
राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रमा युरोपेली सङ्घ सँधै सहयोग र सहकार्यका लागि तयार रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह