सिंहदरबार परिसरमा जलेका सवारी अन्यत्र व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधन तत्काल हटाउन निर्देशन दिएका छन् ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएको भन्दै मन्त्री घिसिङले अन्यत्र लगी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आज निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
“कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन । यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन छरिएर सिंहदरबार कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ,” मन्त्री घिसिङले भने, ।
उनले सामान्य क्षति भएका भवनको बाहिरी भागमा रङरोगन गर्न, मन्त्रालय तथा कार्यालय परिसरमा क्षतिग्रस्त सवारी हटाउन र क्षतिको मूल्याङ्कन तत्काल गर्न निर्देशन दिएका छन् ।
साथै, ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने पनि मन्त्री घिसिङले स्पष्ट गरे ।
यसैबीच, सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम अघि बढाइसकेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा