सिंहदरबार परिसरमा जलेका सवारी अन्यत्र व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधन तत्काल हटाउन निर्देशन दिएका छन् ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएको भन्दै मन्त्री घिसिङले अन्यत्र लगी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आज निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
“कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन । यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन छरिएर सिंहदरबार कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ,” मन्त्री घिसिङले भने, ।
उनले सामान्य क्षति भएका भवनको बाहिरी भागमा रङरोगन गर्न, मन्त्रालय तथा कार्यालय परिसरमा क्षतिग्रस्त सवारी हटाउन र क्षतिको मूल्याङ्कन तत्काल गर्न निर्देशन दिएका छन् ।
साथै, ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने पनि मन्त्री घिसिङले स्पष्ट गरे ।
यसैबीच, सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम अघि बढाइसकेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्