संसदीय समितिमा छलफलका लागि मन्त्री घिसिङ जाने
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ आज राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफलका लागि सहभागी हुनेछन्।
समितिको बैठक बिहान साढे ११ बजे बस्ने कार्यक्रम तय गरिएको छ। बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, सरकारको खर्च कटौती निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगतिबारे विवरण, सुनकोसी–मरिन डाइभर्सन आयोजना लगायत मन्त्री जिम्मेवारीभित्र पर्ने विभिन्न विषयमा छलफल गरिने समितिले जनाएको छ।
समितिको आजको छलफल एजेन्डा ‘घिसिङसँग छलफल तथा विविध’ शीर्षकमा राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा