संसदीय समितिमा छलफलका लागि मन्त्री घिसिङ जाने
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ आज राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफलका लागि सहभागी हुनेछन्।
समितिको बैठक बिहान साढे ११ बजे बस्ने कार्यक्रम तय गरिएको छ। बैठकमा मन्त्री घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, सरकारको खर्च कटौती निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगतिबारे विवरण, सुनकोसी–मरिन डाइभर्सन आयोजना लगायत मन्त्री जिम्मेवारीभित्र पर्ने विभिन्न विषयमा छलफल गरिने समितिले जनाएको छ।
समितिको आजको छलफल एजेन्डा ‘घिसिङसँग छलफल तथा विविध’ शीर्षकमा राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्