सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमनमा मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक विस्तारको निर्माण प्रगतिबारे आइतबार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै चाडपर्वलाई ध्यानमा राखी खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिए । उनले जनशक्ति र उपकरण थपेर निर्माण कार्यलाई तीव्र बनाउन र चालु आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।
१५.८ किलोमिटर लम्बाइको सडकलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । सूर्यविनायक–साँगा खण्ड (८.३ किमी) मा ३९ प्रतिशत र साँगा–धुलिखेल खण्ड (७.५ किमी) मा ५१ प्रतिशत भौतिक प्रगति भएको छ। समग्र प्रगति ४५ प्रतिशत पुगेको छ। टेवा पर्खाल र नाली निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
तर सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या र बजेट अभावका कारण निर्माण प्रभावित भएको बताइएको छ। सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार यस वर्षका लागि करिब ३ अर्ब रुपैयाँ आवश्यक भए पनि ५० करोड मात्र विनियोजन गरिएको छ । मन्त्री घिसिङले आवश्यक बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो