मन्त्री घिसिङद्धारा विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरीक्षण एवं राहत वितरण
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।
मन्त्रीसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टालीले प्रभावित क्षेत्रहरुको निरीक्षण एवं प्रभावितलाई राहत वितरण गरेको थियो ।
गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरुको निरीक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताए ।
साथै सरकारले विपद्पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडि बढाइनेसमेत बताए ।
पहिरोका कारण ईलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले भने, ‘सरकार तपाईहरुको साथमा छ पुनर्स्थापनाको रुपमा स्थायी संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले