मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक पश्चिमखण्ड शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेदेखि पोखरासम्मको खण्डको निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सक्ने गरी निर्माण व्यवसायीलाई निर्देशन दिए ।
मन्त्री घिसिङले हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पश्चिमखण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत रहेको छ ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा अहिलेसम्म ३७.४ किलोमिटरमा पहिलो तहको कालोपत्र एकतर्फी रूपमा सकिएको छ । यसमध्ये २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेन कालोपत्र सम्पन्न भएको छ ।
खण्डका १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन छ। गत आर्थिक वर्षमा चार लेन स्तरोन्नति गर्ने लक्ष्य २५ किलोमिटर राखिएकोमा २३.० किलोमिटर कालोपत्र सम्पन्न भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य पुरा भएको र ६६ कल्भर्ट तथा ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्यमध्ये ४५.२ किलोमिटर नाला निर्माण भइसकेको आयोजनाले जनाएको छ ।
निर्माण कम्पनीसँग विसं २०७८ जेठ ३ गते रु सात अर्ब ४० करोडमा सम्झौता भएको उक्त सडक आगामी पुस १६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु