मिड सोलु हाइड्रोपावरको १५.७८९ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौं: मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयर धनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सो लाभांश आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गर्ने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ भने बजारमा यसको सेयर मूल्य प्रतिकित्ता करिब ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी