मेगाटेक हाइड्रोद्वारा विपद् उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग
जलसरोकार
काठमाडौं : मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष इन्जिनियर श्रीराम न्यौपानेले उक्त रकम विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा उपलब्ध गराइएको बताए।
विपद् कुनै व्यक्ति वा समुदाय विशेषको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएकाले प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनामा सबै क्षेत्रको सहयोग आवश्यक रहेको न्यौपानेले बताए।
उनले विपद्का समयमा मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै निजी क्षेत्रले पनि राज्यका राहत तथा पुनर्स्थापना अभियानमा सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य