अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
जलसरोकार
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोंग नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा नेपाल–चीनबीचको सम्बन्ध, विकास साझेदारी, चालु तथा आगामी परियोजनाबारे छलफल भएको थियो ।
भेटवार्तापछि चार वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ । भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण तथा निजामती कर्मचारी अस्पतालको विस्तारसम्बन्धी सम्भाव्यता अध्ययन गर्न समझदारी भएको हो । नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट CIDCA अध्यक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बोनम्यारो केन्द्र १८३४ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिनेछ र अत्याधुनिक उपकरणहरू जडान गरिनेछ । यसबाट क्यान्सर उपचारमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ । निजामती अस्पतालको विस्तारसम्बन्धी अध्ययनले पनि सरकारी सेवा पाउने जनसंख्यालाई राहत पु-याउने अपेक्षा गरिएको छ ।
यसै अवसरमा नेपालका १२७० जना सरकारी कर्मचारीलाई चीनले आयोजना गर्ने विभिन्न सेमिनारहरूमा सहभागी गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रमले कर्मचारीहरूको सीप अभिवृद्धिमा मद्दत पु-याउने विश्वास गरिएको छ ।
त्यसैगरी रसुवागढी–केरुङ्ग सिमापार ४०० केभी प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा पनि हस्ताक्षर भएको छ । यस परियोजनाबाट नेपाल–चीन विद्युत् व्यापारका सम्भावनाहरू अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक साझेदारीका रूपमा चित्रण गर्दै हस्ताक्षर भएका परियोजनाहरूले स्वास्थ्य, मानव संसाधन तथा ऊर्जा पूर्वाधार क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने बताए । उनले चीनले हालैको बाढीबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक भएको उल्लेख गर्नुभयो। CIDCA अध्यक्ष सियाओदोंगले पनि पुनर्निर्माणमा सहयोगका साथै भन्सार प्रक्रियालाई सहज र छरितो बनाउन प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
-
देशभर सामान्य मौसम, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति