महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारमा जोड
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली महामहिम राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिए। साथै उनले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन बिस्तारका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे ।
यूएईको वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताए। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले २०१८ मा आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको आतिथ्यता नेपाली खानाले आफु मोहित भएको प्रतिक्रिया दिनुभएको अध्यक्ष ढकालले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो