उर्जामन्त्री खड्का र विश्व बैँकका क्षेत्रीय निर्देशकको भेटवार्ता
जलसरोकार
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु-याउन समेत विश्व बैँकसँग आग्रह गरेका थिए । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
भेटमा विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताएका थिए । भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्धय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैँक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागीता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो