ऊर्जा मन्त्री खड्का र भारतका विद्युत् मन्त्री खट्टरबीच भेटवार्ता
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मंगलबार राति नयाँ दिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारतबीचको विद्युत आयत/निर्यात, बंगलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको प्रसारण लाइन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राखेका थिए । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताएका थिए ।
बैठकमा नेपालका ऊर्जा मन्त्रालयका ऊर्जा विज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गरेका थिए । भेटमा भारतका मन्त्रीसँगै विद्युत मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरुको सहभागिता थियो ।
यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नबिन राज सिंह, ऊर्जा मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधिको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा