सबैभन्दा बढी विद्युत् चुहावट रंगेलीमा र सबैभन्दा कम पाँचथरमा
जलसरोकार
काठमाडौं : विद्युत् वितरण चुहावटमा सात प्रदेशमध्ये तेस्रो स्थानमा कोशी प्रदेश छ । कोशीको चुहावट ९.८७ प्रतिशत छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशले ग्रीडबाट एक अर्ब ९० करोड ४८ लाख ४७ हजार ६ सय १४ युनिट प्राप्त गरेको थियो । यसमध्ये १८ करोड ७९ लाख ९१ हजार ३ सय ३२ युनिट चुहावट भई एक अर्ब ७१ करोड ६८ लाख ५६ हजार २ सय ८२ युनिट बिजुली बिक्री गरेको थियो ।
विद्युत् प्राधिकरणको प्रतियुनिट औसत विद्युत् बिक्री दर ९ रुपैयाँ ५० पैसाका हिसाबले कोसीमा एक अर्ब ७८ करोड ५९ लाख १७ हजार ६ सय ५४ रुपैयाँ नाश हुन पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ । कोशीले गत वर्ष १६ अर्ब १३ करोड रुपैयाँ बराबरको बिजुली बेचेको थियो त्यसमध्ये १५ अर्ब ५२ करोड रुपैयाँ संकलन भइसकेको छ ।
अघिल्लो वर्ष कोसी प्रदेशको समग्र वितरण चुहाट १०.३८ प्रतिशत थियो भने आव २०८०/८१ मा ०.५१ ले घटेर ९.८७ प्रतिशत कायम भएको छ ।
कोशी प्रदेशअन्तर्गत २४ वटा वितरण केन्द्र छन् । ती हुन् : विराटनगर, दुहबी, इटहरी, अनारमनि, धरान, दमक, बेलवारी, धुलावारी, इनरुवा, उदयपुर, भद्रपुर, उर्लावारी, रंगेली, इलाम, खाँदबारी, गौरादह, ताप्लेजुङ, धनकुटा, पाँचथर, दिक्तेल, भोजपुर, ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बु ।
कोशी प्रदेशमा सबैभन्दा उच्च चुहावट रंगेली वितरण केन्द्रमा रहेको छ । अघिल्लो वर्ष २२.९७ प्रतिशत चुहावट रहेको रंगेलीमा गत आव २०८०/८१ मा ३.५ प्रतिशत घटेर १९.४७ प्रतिशत हुन पुग्यो ।
त्यसैगरी कोसी अन्तर्गत सबैभन्दा कम विद्युत् चुहावट पाँचथर वितरण केन्द्रको रहेको छ । पाँचथरमा अघिल्लो वर्ष ०.५८ प्रतिशत थियो । गत वर्ष ०.६८ प्रतिशतले वृद्धि भई १.२८ प्रतिशत भएको छ ।
काेसी प्रदेशअन्तर्गतका वितरण केन्द्रगत विद्युत् चुहावटका विवरण यस प्रकार छ :
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्