ऊर्जा खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक : परिसंघ अध्यक्ष पाण्डे
जलसरोकार
काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले देशभित्र विद्युत् खपत वृद्धि गर्न उत्पादनमूलक उद्योगहरूको विस्तार आवश्यक रहेको बताएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष पाण्डेले सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य सफल बनाउन आन्तरिक खपत वृद्धि अनिवार्य हुने बताए।
“आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिइएको छ,” उनले भने, “त्यसका लागि खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यकता छ।” पाण्डेले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने सरकारको नीतिगत पहललाई स्वागतयोग्य कदम भएको उल्लेख गरे।
उनका अनुसार ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले नीति, संरचना र कार्यान्वयनबीच समन्वय आवश्यक छ। त्यस्तै उनले बजेटमा उल्लेख गरिएको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना प्रक्रिया ढिला नगरी अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार ऊर्जा क्षेत्रको दीर्घकालीन सुधारका लागि संरचनागत परिवर्तन अपरिहार्य छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ३३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
-
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
-
सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदी पनि महँगियो
-
नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना