विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले सहसचिव मनदेवी श्रेष्ठलाई विद्युत् विकास विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । देशले पहिलो महिला प्रधानमन्त्री पाएसँगै विभागको इतिहासमा पति पहिलोपटक महिला महानिर्देशक नियुक्त भएको हो ।
विभागका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
नवनियुक्त महानिर्देशक श्रेष्ठ यसअघि विभागको उपमहानिर्देशक, विद्युत् नियमन आयोगको सचिव लगायतका जिम्मेवारी पूरा गरिसकेकी छिन् ।
मन्त्रालयले हिजो श्रेष्ठलाई महानिर्देशक र मण्डललाई आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्