माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ५.६८ प्रतिशतले मात्र सेयर पाए


काठमाडौं: माबिलुङ इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो ।
साउन २६ देखि २९ गतेसम्म खुलेको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ जनाले आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ आवेदन विभिन्न कारणले रद्द भएका छन्। स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये ५.६८ प्रतिशतले मात्र सेयर पाएका छन् भने बाँकी ९४.३२ प्रतिशतको हात रित्तो भएको छ ।
बाँडफाँटअनुसार १ लाख २४ हजार ८९० जनाले आईपीओ प्राप्त गरेका छन्। यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्तासम्म सेयर पाएका छन् ।
नतिजा केही बेरपछि ष्उयचभकगति.अमकअ.अयm.लउ मा हेर्न सकिनेछ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ । बजारमा सूचीकृत भएपछि पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म रहनेछ । पहिलो कारोबारपछि सोही दिन अधिकतम १० प्रतिशतसम्म मूल्य उतारचढाव हुने नियम छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ