माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ५.६८ प्रतिशतले मात्र सेयर पाए
जलसरोकार
काठमाडौं: माबिलुङ इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो ।
साउन २६ देखि २९ गतेसम्म खुलेको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ जनाले आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ आवेदन विभिन्न कारणले रद्द भएका छन्। स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये ५.६८ प्रतिशतले मात्र सेयर पाएका छन् भने बाँकी ९४.३२ प्रतिशतको हात रित्तो भएको छ ।
बाँडफाँटअनुसार १ लाख २४ हजार ८९० जनाले आईपीओ प्राप्त गरेका छन्। यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्तासम्म सेयर पाएका छन् ।
नतिजा केही बेरपछि ष्उयचभकगति.अमकअ.अयm.लउ मा हेर्न सकिनेछ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ । बजारमा सूचीकृत भएपछि पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म रहनेछ । पहिलो कारोबारपछि सोही दिन अधिकतम १० प्रतिशतसम्म मूल्य उतारचढाव हुने नियम छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै