‘पावर समिट २०२५’ को लोगो सार्वजनिक, ऊर्जा भविष्यको प्रतिबिम्ब प्रस्तुत
जलसरोकार
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गर्न लागेको ‘पावर समिट २०२५’ को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) काठमाडौंमा आयोजना हुने नवौँ संस्करणको यस समिटका लागि सार्वजनिक गरिएको लोगोमा नेपालको समग्र ऊर्जा क्षेत्रको विकास यात्रा, विविधिकरण र सम्भावनाहरूलाई समेटिएको छ ।
“मिसन २८ हजार ५०० मेगावाट: पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मूल नारासहितको लोगोमा जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, ऊर्जा भण्डारण प्रणाली, प्रसारण पूर्वाधार, औद्योगिक क्षेत्र, सडक बत्ती, चार्जिङ स्टेशन लगायतका प्रतीक प्रयोग गरिएको छ। यी सबैले ऊर्जामा नेपालको समृद्ध भविष्य र दक्षिण एशियाली बजारलाई ऊर्जा आपूर्ति गर्ने राष्ट्रिय दृष्टिकोणलाई उजागर गरेको देखिन्छ ।
लोगोको हरियो पात जस्तो संरचनाले ऊर्जा क्षेत्रको दिगोपन र वातावरणमैत्री भविष्य को संकेत गरेको छ । यसमा समावेश गरिएको ठूलो जलविद्युत् आयोजनाले नेपालको प्रमुख ऊर्जा स्रोत र रणनीतिक सम्भावनाको प्रतिनिधित्व गर्छ। त्यस्तै, सौर्य प्यानल, ब्याट्री भण्डारण प्रणाली र वायु टर्बाइनले वैकल्पिक ऊर्जा स्रोतमा हुँदै गएको प्रवृत्तिगत परिवर्तनलाई चित्रण गरेको छ ।
हिमाल, पहाड र तराई हुँदै फैलिएको प्रसारण लाइन नेटवर्कले देशभित्र मात्र नभई सीमापार विद्युत व्यापार को सम्भावना र तयारीलाई देखाउँछ । उता, इलेक्ट्रिक सवारी चार्जिङ स्टेशन, उद्योग र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जाको प्रयोगका विविध पक्षहरू झल्काएका छन् ।
समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गर्नेछ भने भारतीय राजदूतावास ‘कन्ट्री पार्टनर’का रूपमा सहभागी हुनेछ। समिटमा १० वटा समसामयिक सत्रहरूमा छलफल हुनेछ र ३० भन्दा बढी देशका एक हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
इप्पानका अनुसार, यो समिटले ऊर्जा नीतिगत संवाद, लगानी आकर्षण, प्रविधि हस्तान्तरण र क्षेत्रीय सहकार्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । पावर समिट २०२५ को लोगोले नेपालको ऊर्जा यात्रालाई भिजन, प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारी को संकेत गर्दै थप ऊर्जा आत्मनिर्भरता र निर्यातोन्मुख रणनीतिलाई समर्थन गर्ने संकेत दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी