तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयवासीले मागे मुआब्जा
जलसरोकार
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयवासीले उचित क्षतिपूर्ति र मुआब्जाको माग गरेका छन् । आयोजनाका कारण आफ्नो बस्ती जोखिममा परेको दाबी गर्दै व्यास नगरपालिका–१३ बेलबासका स्थानीयले मुआब्जा सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका कारण बेलबास डुबानको जोखिममा परेको सरोकार समितिको भनाइ छ । सरोकार समितिका सदस्य मेघनाथ आचार्यका अनुसार एसियाली विकास बैङ्क (एडीबी) को विस्तृत अध्ययन प्रतिवेदनमै आयोजना सञ्चालनमा आएपछि बेलबास क्षेत्र डुबानमा पर्ने जोखिम औँल्याइएको छ ।
आयोजनाको कार्यालय सुरक्षाका लागि निर्माण गरिएको तटबन्धका कारण सेती नदीको धार बेलबासतर्फ मोडिएको र यसले बस्तीलाई उच्च जोखिममा पारेको स्थानीयको दाबी छ । भविष्यमा सेती नदीमा ठूलो बाढी आएमा बेलबास बग्ने सम्भावना रहेको भन्दै सम्पूर्ण बस्ती अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । त्यसका लागि स्थानीयलाई उचित मुआब्जा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
केही दिनअघि तनहुँ भ्रमणमा आउनुभएका ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङसमक्ष सरोकार समितिका संयोजक यामबहादुर आलेले बेलबास बस्ती जोखिममा परेको विषयमा ध्यानाकर्षण गराएका थिए । उनले आयोजनाबाट करिब एक सय ७० घरधुरी प्रभावित हुने जानकारी गराए ।
स्थानीयवासीले आयोजनाबाट हुने जोखिमको यथार्थ मूल्याङ्कन गरी सुरक्षित स्थानमा पुनर्वाससहित क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्