निजी हाइड्रोसँग देशैभरका स्थानीय सरकारले पनि रकम असुल्न थाले
जलसरोकार
काठमाडौं : सरकारले निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई करिब डेढ दर्जन निकायहरुमार्फत वैधानिक तवरले लुट्दै आएको छ । अब यो लुटको शृंखला गाउँपालिका र नगरपालिकाहरुमा पनि सरेको छ ।
गाउँपालिका तथा नगरपालिकाहरुले नगरसभा वा गाउँसभाले तोकेबमोजिम भन्दै उनीहरुकोमा दर्ता गर्न पत्र काट्न थालेका छन् ।
उनीहरुले नै यति मेगावाटदेखि यति मेगावाटसम्म वार्षिक शुल्क यति र अनुमति शुल्क यति भन्दै पत्रमा तोकेरै पठाउन थालेका छन् । यो रोग अब जहाँ जहाँ जलविद्युत् बनाउन सकिने गाउँपालिका वा नगरपालिका छनु्, ती सबैमा हावाले उडाएको आगोझैं सबैतिर फैलिएको छ ।
भोजपुरको षडानन्द नगरपालिकाले उसको नगरपालिका एउटा जलविद्युत् आयोजनालाई दर्ता गर्न, वार्षिक शुल्क र अनुमति शुल्क बुझाउन पत्राचार गरेको छ ।
उक्त नगरपालिकाले ५ मेगावाटसम्मका आयोजनालाई वार्षिक शुल्क ४० हजार रुपैयाँ र अनुमति शुल्क ५० हजार रुपैयाँ तोकेको छ । ५ देखि १० मेगावाटसम्मका आयोजनालाई वार्षिक शुल्क ८० हजार र अनुमति शुल्क एक लाख रुपैयाँ ठट्याइने पत्रमा छ ।

१० देखि १५ मेगावाटको आयोजनाको हकमा वार्षिक शुल्क एक लाख ५० हजार र अनुमति शुल्क २ लाख रुपैयाँ निजी क्षेत्रले तिर्नुपर्ने भएको छ । उक्त नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा राजस्व बुझाएको प्रमाण पेश गर्नुपर्ने अन्यथा उक्त आर्थिक वर्षको समेत आन्तरिक राजस्व असुलिने पत्राचार गरेको हो ।
निजी क्षेत्रका प्रवद्र्धकहरुले जलविद्युत् सर्वेक्षण अनुमति पत्र लिंदा विद्युत् विकास विभागमाले एकदेखि पाँच मेगावाटसम्मका आयोजनालाई २० लाख, ५ देखि १० मेगावाटसम्मका लागि ४० लाख, १० देखि २५ मेगावाटसम्मका आयोजनालाई ६० लाख, २५ देखि सय मेगावाटसम्मका लागि ८० लाख, सयदेखि ५ सय मेगावाटसम्मका लागि एक करोड र पाँच सय मेगावाटभन्दा माथिका आयोजनालाई १ करोड २० लाख रुपैयाँ तिर्दै आएका छन् ।
एकजना प्रवद्र्धकका अनुसार स्थानीय निकायले देशैभर यसरी असुली गर्दै आइरहेका छन् । उनीहरुले औपचारिक रुपमा नौ ठाउँमा सरकारलाई विभिन्न सेवा शुल्क, दस्तुर, कर तिर्नुपर्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो