महसुल नतिरेको भन्दै थप दुई उद्योगको लाइन काटियो
जलसरोकार
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमा आक्रामक हुन थालेको छ । प्राधिकरणले पुन: जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेको हो । यसअघि तीन उद्योगको लाइन काटेको प्राधिकरणले पुनः दुई ठूला उद्योगको लाइन काटेको हो । यसअघि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा मंगलबार साँझबाट लाइन काटिएको थियो । प्राधिकरणका अनुसार विभिन्न ६१ उद्योगले जरिवाना सहित आठ अर्ब २५ करोड ९७ लाख रुपियाँ बक्यौता बाँकी । तर, त्यो बक्यौता नआएपछि प्राधिकरणले हालसम्म ५ उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले गत असार १० गते १५ दिनको भाखा राख्दै उद्योगीहरुलाई बक्यौता तिर्न पत्र पठाएको थियो । त्यो बक्यौता तिर्न दिइएको समय मंगलबार सकिएको थियो । तोकिएको म्यादमा बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
जगदम्बा सिन्थेटिक्सको नाममा २० करोड ५० लाख र हुलास स्टीलको नाममा १४ करोड १२ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ। प्राधिकरणले यसअघि पनि गत पुसमा २३ उद्योगमा लाइन काटेको थियो । त्यसबेला पुस ६ गतेदेखि २६ गतेसम्म लाइन काटिएको थियो । त्यसबेला यो विवाद सम्बन्धमा आयोग बनेपछि मन्त्रीपरिषद्को निर्णयमा उद्योगमा लाइन जोडिएको थियो । त्यसभन्दा पहिला २०७६ फागुनमा पनि यही बिषयलाई लिएर उद्योगमा लाइन काटिएको थियो । प्राधिकरणले लाइन काटेपछि यो विवाद थप पेचिलो भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड