महसुल नतिरेको भन्दै थप दुई उद्योगको लाइन काटियो
जलसरोकार
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमा आक्रामक हुन थालेको छ । प्राधिकरणले पुन: जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेको हो । यसअघि तीन उद्योगको लाइन काटेको प्राधिकरणले पुनः दुई ठूला उद्योगको लाइन काटेको हो । यसअघि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घााखाँची सिमेन्टमा मंगलबार साँझबाट लाइन काटिएको थियो । प्राधिकरणका अनुसार विभिन्न ६१ उद्योगले जरिवाना सहित आठ अर्ब २५ करोड ९७ लाख रुपियाँ बक्यौता बाँकी । तर, त्यो बक्यौता नआएपछि प्राधिकरणले हालसम्म ५ उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले गत असार १० गते १५ दिनको भाखा राख्दै उद्योगीहरुलाई बक्यौता तिर्न पत्र पठाएको थियो । त्यो बक्यौता तिर्न दिइएको समय मंगलबार सकिएको थियो । तोकिएको म्यादमा बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
जगदम्बा सिन्थेटिक्सको नाममा २० करोड ५० लाख र हुलास स्टीलको नाममा १४ करोड १२ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ। प्राधिकरणले यसअघि पनि गत पुसमा २३ उद्योगमा लाइन काटेको थियो । त्यसबेला पुस ६ गतेदेखि २६ गतेसम्म लाइन काटिएको थियो । त्यसबेला यो विवाद सम्बन्धमा आयोग बनेपछि मन्त्रीपरिषद्को निर्णयमा उद्योगमा लाइन जोडिएको थियो । त्यसभन्दा पहिला २०७६ फागुनमा पनि यही बिषयलाई लिएर उद्योगमा लाइन काटिएको थियो । प्राधिकरणले लाइन काटेपछि यो विवाद थप पेचिलो भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्