उद्योगमा लाइन काट्दा बिजुली खपतमा असर, विवादको व्यवस्थापनमा ढिलाइ भयो : इप्पान


काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच डेडिकेडेड तथा ट्रंकलाइन विवादमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले चिन्ता व्यक्त गरेको छ । वर्षायाममा वर्षभरी उत्पादन हुने मध्ये ७० प्रतिशत बिजुली उत्पादन हुने बेला उद्योगहरुमा लाइन काट्दा त्यसले विद्युत् खपत कम भइ आयोजनामा समेत प्रत्यक्ष असर पुग्ने भन्दै इप्पानले चिन्ता व्यक्त गरेको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशत वर्षाको समयमा उत्पादन हुने र यसै बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्ने जनाए ।
सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ । ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाइ भएको इप्पानले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड बक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडी हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानको भनाइ छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन