उद्योगमा लाइन काट्दा बिजुली खपतमा असर, विवादको व्यवस्थापनमा ढिलाइ भयो : इप्पान
जलसरोकार
काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच डेडिकेडेड तथा ट्रंकलाइन विवादमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले चिन्ता व्यक्त गरेको छ । वर्षायाममा वर्षभरी उत्पादन हुने मध्ये ७० प्रतिशत बिजुली उत्पादन हुने बेला उद्योगहरुमा लाइन काट्दा त्यसले विद्युत् खपत कम भइ आयोजनामा समेत प्रत्यक्ष असर पुग्ने भन्दै इप्पानले चिन्ता व्यक्त गरेको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशत वर्षाको समयमा उत्पादन हुने र यसै बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्ने जनाए ।
सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ । ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाइ भएको इप्पानले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड बक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडी हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्