काठमाडौंका केही स्थानमा दिउँसो ५ घण्टा बत्ती जाने, यस्तो छ कारण
जलसरोकार
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न क्षेत्रहरूमा दिउँसो ५ घण्टा बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै काठमाडौंका केही स्थानमा विद्युत् लाइन अवरुद्ध जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार आइतबार जोरपाटी वितरण केन्द्रअन्तर्गत फोर्स बसपार्कदेखि तेज विनायक चोकसम्म विद्युत आपूर्ति अवरुद्ध भएको थियो । सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।
त्यस्तै, मङ्गलबार पुनः जोरपाटी वितरण केन्द्र अन्तर्गतको क्षेत्र प्रभावित हुनेछ भने बुधबार कुलेश्वर वितरण केन्द्र, बिहीबार जोरपाटी वितरण केन्द्र र शुक्रबार कीर्तिपुर केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुलेश्वर, कीर्तिपर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेको छ । जसले गर्दा ती स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्