लुम्बिनी प्रदेशमा चुहावट ८.५९ प्रतिशत, सबैभन्दा बढी तौलिहवा, कम कोहलपुर

काठमाडौं : लुम्बिनी प्रदेशमा सबैभन्दा विद्युत् चुहावट तौलिहवामा रहेको छ । यो प्रदेशमा सबैभन्दा कम कोहलपुरमा छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदनअनुसार तौलिहवामा १९.५५ प्रतिशत छ भने कोहलपुरमा ३.२७ प्रतिशत छ ।
ऊर्जा खपत, विद्युत् बिक्री आय र ग्राहक संख्याका आधारमा बागमती र मधेस प्रदेशपछि उच्च रहेको लुम्बिनीमा समग्र प्रदेशको विद्युत् चुहावट भने ७.६७ प्रतिशत छ ।
लुम्बिनी प्रदेशअन्तर्गत ११ वटा वितरण केन्द्र र ५ लाख ५१ हजार ८ सय ३६ ग्राहक संख्या छ । यो प्रदेशमा प्राधिकरणले आव २०८०÷८१ मा वार्षिक १३ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमसख हरिप्र्रसाद पाण्डेले तराईको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको बताए । ती क्षेत्रमा ३३ केभीको वितरण लाइन एउटा बुटबलदेखि गएको र अर्को चनौटाबाट लगिएकाले लामो भएको र लामो लाइनमा चुहावट धेरै हुने पाण्डेले बताए ।
‘यी क्षेत्रमा विद्युतका संरचना पनि धेरै पुराना छन्, ग्राहक बढेको बढ्यै छन्,’ पाण्डेले जलसरोकारसँग भने, ‘अलिअलि चुहावट (चोरी) पनि छ ।’
लुम्बिनी प्रदेशअन्तर्गतको डिभिजन कार्यालयअन्तर्गत भने १० वटा वितरण केन्द्र छन् । यो डिभिजन अन्तर्गत समग्र विद्यख्ुत् चुहावट ८.५९ प्रतिशत छ । वार्षिक ६ अर्ब १२ करोड रुपैयाँ आम्दानी भएको थियो ।
डिभिजनअन्तर्गतका वितरण केन्द्रको वितरण चुहावटतर्फ सबैभन्दा कम कोहलपुरको छ । कोहलपुरमा गत वर्षको चुहावट ३.२७ प्रतिशत रहेको प्राधिकरणको प्रतिवेदनमा छ ।
तौलिहवा १९.५५
राजापुर १४.७२
गुलरिया १३.८५
प्यूठान १३.८१
बर्दघाट १३.७४
गुल्मी १३.४२
नेपालगञ्ज १३.१०
तुल्सीपुर १२.८६
रोल्पा ११.१५
बुटबल १०.४५
पाल्पा १०.०१
नयाँ मिल ८.४१
कृष्णनगर ६.८२
भैरहवा ६.६०
अर्घाखाँची ५.४७
घोराही ४.८५
लमही ४.३९
अमुवा ४.०८
परासी ३.५८
कोहलपुर ३.२७
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्