सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लाङटाङ खोला जलविद्युत् आयोजनाले छिट्टै व्यावसायिक उत्पादन गर्दै

जलसरोकार
बिहीबार, मंसिर २५, २०८२ | १६:५९:४९ बजे

 

काठमाडौँ :  रसुवामा निर्माण गरिएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना अब छिट्टै व्यावसायिक उत्पादनमा प्रवेश गर्ने भएको छ । कोभिड–१९ लकडाउनका वर्षौंदेखि जारी चुनौतीका बाबजुद आयोजना स्थिररूपमा अगाडि बढ्दै आएको थियो । सबै प्राविधिक परीक्षण पूरा भएपछि आयोजना अहिले विद्युत् उत्पादनका लागि पूर्ण रूपमा तयार भएको आयोजना सञ्चालक कम्पनीले जनाएको छ।

आयोजनाको निर्माण चरणमा सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सुरक्षा, आर्थिक व्यवस्थापन र पहाडी भौगोलिक जटिलता प्रमुख चुनौतीका रूपमा देखा परेका थिए । यद्यपि योजनाबद्ध कार्यान्वयन, प्राविधिक टोलीको निरन्तर मेहनत र स्थानीय तहको सहकार्यले आयोजना निर्धारित लक्ष्यअनुरूप पूरा गर्न सफल भएको छ ।

परियोजना इन्जिनियरका अनुसार परीक्षण उत्पादनका क्रममा टर्बाइन, जनरेटर, पेनस्टक, इन्टेक, हेडवर्क्स र पावरहाउस सहित सबै संरचनाहरू सुचारु रूपमा चलिरहेका छन्। आयोजनाबाट उत्पादित विद्युत् त्रिसुली- काठमाडौँ २२‍० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ।

लाङटाङ खोला जलविद्युत् आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि रसुवा क्षेत्रको आर्थिक तथा पूर्वाधार विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बिहीबार, मंसिर २५, २०८२ | १६:५९:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया