पर्वतको लाङ्दी पहिरो : एकजनाको शव फेला, श्रीमतीको खोजी जारी
जलसरोकार
पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँएका दम्पतीमध्ये एकजनाको शव फेला परेको छ । गए रातिदेखि परेको लगातारको भारी वर्षाका कारण आज बिहान घरमाथिबाट आएको कान्लोबारी खस्दा दम्पती घरभित्रै पुरिएका थिए ।
बेपत्ता भएका दम्पतीमध्ये एकजनाको शव भने फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार, ७८ वर्षीय छविलाल विश्वकर्माको शव स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पहिरोमुनि पुरिएको अवस्थामा फेला परेको हो ।
छविलालकी श्रीमती विष्णुमती विश्वकर्मा अझै बेपत्ता रहेकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली र स्थानीयको सहकार्यमा पहिरो पन्छाएर खोजी कार्य जारी राखिएको छ। अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
यसबीच, उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने हामफालेर ज्यान जोगाउन सफल भएकी छन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्