नेपालगञ्ज–नानपारा १३२ के.भी. प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
जलसरोकार
बाँके : नेपालगञ्ज–नानपारा १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाँके जिल्लामा जग्गा अधिग्रहण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्दै जानकी गाउँपालिका–५ स्थित निर्माणाधीन १३२ के.भी. सबस्टेशनबाट खजुरा गाउँपालिका–३ र ४ हुँदै जानकी गाउँपालिका–१, २, ३, ४, ५ र ६ सम्म प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले मार्गाधिकारभित्र पर्ने टावरका लागि आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्न प्रक्रिया अघि बढाइएको जनाएको छ ।
जानकी गाउँपालिकाका साविक साइगाउँ, बेलभार, इन्द्रपुर, खजुरा खुर्द, बेल्हरी, गनापुर तथा खजुरा गाउँपालिका–३ र ४ (साविक बागेश्वरी गाविस) क्षेत्रमा पर्ने जग्गामा टावर स्थापनाका क्रममा घर, टहरा, पर्खाल, बालीनाली, रुखबिरुवा तथा अन्य संरचनाको मूल्यांकन गरी क्षतिपूर्तिको प्रक्रिया थालिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा निर्धारण तथा दाबी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै सूचनामा पहिलोपटक सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र हकदाबीका प्रमाणसहित रितपूर्वक निवेदन दिन सरोकारवालालाई आग्रह गरिएको छ ।
सूचना अनुसार तोकिएको समयभित्र निवेदन नपुगेमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको र स्थानीय सरोकारका विषयमा कानुनी प्रक्रियाअनुसार समन्वय जारी रहने जनाएको छ।






लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला