त्रिशूली-३ बी रातमाटे-गल्छी २२० केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
जलसरोकार
नुवाकोट: नेपाल सरकार र नेपाल विद्युत् प्रधिकरणको संयक्तु लगानीमा निर्माण हुने त्रिशूली–३ बी रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया सुरु गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले माघ २४ गते सूचना प्रकाशन गर्दै नुवाकोट र धादिङ जिल्लामा भरपर्दो तथा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा उक्त प्रसारण लाइन निर्माण भइरहेको छ ।
आयोजनाअन्तर्गत प्रसारण लाइनका टावर निर्माणका लागि आवश्यक जग्गा स्थायी रूपमा अधिग्रहण गर्न लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनले प्रकाशन गरेको सूचनाअनुसार जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ अनुसार सूचना प्रकाशित गरिएको उल्लेख गर्दै प्रशासनले प्रभावित जग्गाधनी तथा सरोकारवालालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकदाबीसम्बन्धी निवेदन दिन आग्रह गरेको छ ।
प्रशासनका अनुसार जग्गाधनीले आफ्नो हक वा भोगचलनसम्बन्धी प्रमाण, आवश्यक कागजात र रु १० को टिकट टाँसी रीतपूर्वक निवेदन पेश गर्नुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
प्रशासनले आयोजनालाई समयमै सम्पन्न गर्न स्थानीयवासी तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरेको जनाएको छ। साथै आयोजनासम्बन्धी थप जानकारीका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य