लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
जलसरोकार
काठमाडौँः लेखनाथ–दमौली २२० के.भी. प्रसारण लाइन आयोजना सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार सूचना प्रकाशित गर्दै जग्गाधनी तथा सरोकारवालालाई कानूनी दायराभित्र मुआब्जा दावी पेश गर्न आह्वान गरेको हो।
सूचना अनुसार, प्रसारण लाइनका लागि पहिलो चरणमै केही जग्गाहरू स्थायी रूपमा अधिग्रहण गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९(१) अन्तर्गत प्रक्रिया अघि बढाइएको छ। यसअघि दफा ११ अनुसारको प्रारम्भिक तयारी पूरा भएको र अब दफा १० बमोजिम हक–दावी पेश गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार जग्गाधनी वा सरोकारवाला व्यक्तिले आफ्नो हक–दावी वा भोगचलन प्रमाणसहित रु १० को टिकट टाँसिएको रितपूर्वक निवेदन सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र पेश गर्नुपर्ने छ।
निवेदन नेपाल विद्युत प्राधिकरण, लेखनाथ–दमौली २२० के.भी. प्रसारण लाइन आयोजना, तनहुँको साइट कार्यालय—व्यास नगरपालिका–१३, काजिचौंतारामा बुझाउन सकिनेछ। तोकिएको म्यादभित्र दाबी नआएमा कानूनी प्रक्रिया अनुसार अधिग्रहण कार्य अघि बढाइने र पछि कुनै उजुरी मान्य नहुने सूचनामा उल्लेख गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्