हेटौडा–पोखरिया १३२ केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
जलसरोकार
पर्सा : नेपाल विद्युत प्राधिकरणले हेटौडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनाका लागि आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्ने प्रक्रिया सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार जारी गरेको सूचनामा भनिएको छ कि मन्त्रीपरिषद्को २०७६ माघ १४ गतेको निर्णयअनुसार आयोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहण हुने र सम्बन्धित जग्गाहरूको मुआब्जा रकम पनि निर्धारण गरिएको छ ।
सूचना अनुसार, गुठी जग्गा अधिग्रहण हुने जग्गाधनीहरूले जग्गाधनी प्रमाण–पत्र, कर रसिद, नागरिकताको प्रतिलिपि र रु. १० टिकट टाँसेर निवेदन दिनुपर्नेछ । सम्बन्धित व्यक्तिहरू नेपाल विद्युत प्राधिकरण, साइट कार्यालय विरिङ्ग, बसपाकन, पर्सा मा सम्पर्क गर्न सक्ने व्यवस्था छ ।
प्रकाशन मितिदेखि १५ दिनभित्र नामावलीप्रति आपत्ति भए उजुरी पेश गर्न सकिनेछ; तोकिएको समयमा उजुरी नगरेमा कानुन अनुसार प्रक्रिया अघि बढाइने छ।
आयोजनाका कारण पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र आसपासका क्षेत्रका धेरै जग्गाधनी प्रभावित भएका छन्। सूचनामा टावर नम्बर, जग्गाधनीको नाम, कित्ता नम्बर, क्षेत्रफल, साथै पूर्ण वा आंशिक अधिग्रहण विवरण पनि समावेश गरिएको छ।
यो आयोजना विद्युत प्रसारण सञ्जाल विस्तार गरी आपूर्ति सुदृढ बनाउने र औद्योगिक क्षेत्रमा भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो। प्रशासनले सबै जग्गाधनीलाई निर्धारित समयमा सम्पर्क गर्न आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै