तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण सुरु
जलसरोकार
दमौली (तनहुँ), : तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित पानी र मादी नदीको थप प्रवाह प्रयोग गरी तल्लो तटीय क्षेत्रमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको विस्तृत प्रतिवेदन तयार भइसकेको र विद्युत् गृह, कार्यालय तथा कर्मचारी आवासका लागि देवघाट गाउँपालिका क्षेत्रमा जग्गा अधिग्रहण थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
मुआब्जा निर्धारण समितिअन्तर्गतको उपसमितिले प्रभावित क्षेत्रमा रहेका संरचनाको नापजाँच तथा क्षति विवरण तयार गरी प्रतिवेदन बुझाइसकेको छ। यससँगै पहुँच सुरुङ निर्माण कार्य पनि सुरु भइसकेको छ।
आयोजनाअन्तर्गत सेती नदी मा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ भने पानीलाई ६.८ किलोमिटर लामो सुरुङमार्फत कालीगण्डकी नदी किनारमा बन्ने अर्धभूमिगत विद्युत् गृहमा पुर्याइ विद्युत् उत्पादन गरिनेछ ।
देवघाट गाउँपालिका–४ गाइघाटमा विद्युतगृह निर्माण गरिने यस आयोजनाबाट उत्पादित विद्युत् २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइन थप निर्माण गर्नुपर्नेछ।
करिब १२ किलोमिटर लामो जलाशय विस्तार हुने यस आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजना करिब रु २५ अर्ब लागतमा निर्माण हुने जनाइएको छ।
यो आयोजना सम्पन्न भएपछि तनहुँसहित आसपासका विभिन्न पालिकामा पर्ने क्षेत्र प्रभावित हुने भए पनि ऊर्जा उत्पादन र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य