लालुपाते हाइड्रोपावर कम्पनीद्वारा विद्यार्थीलाई ट्र्याक सुट वितरण
जलसरोकार
मनाङ : लालुपाते हाइड्रोपावर कम्पनीले मनाङस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको छ । नासों गाउँपालिका–२ मा निर्माणाधीन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले वडा नम्बर–५ मा अवस्थित यो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्«याक सुट वितरण गरेको हो ।
कम्पनीका अध्यक्ष एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेका हुन् । आयोजनाको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत औपचारिक कार्यक्रमको आयोजना गरी प्रभावित क्षेत्रमा पर्ने विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको कम्पनीले जनाएको छ । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक पद्मराज पन्तले दाना खोला आयोजनाको प्रवद्र्धक कम्पनीप्रति आवार व्यक्त गरे ।
त्यसैगरी, नासों गाउँपालिका–४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङले लालुपाते हाइड्रोपावर कम्पनीले स्थानीय समुदाय र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा सहभागी हुन मनाङ पुगेका कम्पनीका अध्यक्ष डाँगीले जलविद्युत आयोजना निर्माण गर्ने प्रवद्र्धक कम्पनीहरूले देशमा ऊर्जा क्षेत्रको विकास गर्ने मात्र नभई गाउँ–गाउँमा विकास र समृद्धि समेत भित्र्याएको बताए । ‘एउटा प्रवर्द्धक कम्पनीले दुर्गम क्षेत्रमा पुगेर आयोजना मात्रै बनाउँदैन, स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पनि योगदान गरिरहेको हुन्छ । यसले देशलाई समृद्धिको यात्रामा सहयोग पुग्छ,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासों गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङ, वडा नम्बर–५ का वडा अध्यक्ष थुतेन लामा, प्रवद्र्धक कम्पनीका नासोंस्थित साइट कार्यालयका प्रशासन प्रमुख नविन खतिवडा, सुरक्षा इन्चार्ज चोकबहादुर गुरुङ तथा कम्पनीका सहायक जनसम्पर्क अधिकृत अर्जुन गुरुङ लगायतको पनि उपस्थिति थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य